Logo

चक्रवातकाे असर: यी पाँच वटा प्रदेशमा अति भारी वर्षा र तीव्र गतिकाे हावाहुरीकाे सम्भावना



शुक्रबार मुलुकका विभिन्न पाँच वटा प्रदेशमा अति भारी वर्षाकाे सम्भावना छ।

भारतकाे बंगालमा विकसित भइ बुधबार जमिनकाे तटीय क्षेत्रमा बज्रिएकाे यास नामक चक्रवात पश्चिमउत्तर र पश्चिम सर्ने क्रममा छ।

याे चक्रवातका कारण नेपालमा बुधबारदेखि पानी परिरहेकामा शुक्रबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र अति भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार ती प्रदेशमा उच्च बेगको हावाहुरीको सम्भावना पनि छ। ‘उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थानमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १-२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ,’ महाशाखाले भनेकाे छ।

शनिबार मुलुकभर पानी पर्ने आँकलन गरिएकाे छ। त्यसमा पनि प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : २८ बजे