Logo

राष्ट्रपतिले गरिन् ४३० केदीबन्दीको बाँकी सजाय माफी



राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० कैदी बन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।

१४ औँ गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीलाई रिहाइ गर्नुभएको हो ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

sajay_maf.jpg

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ५१ बजे