Logo

राजनीति

आज ४ बजे बजेट आउँदै, १६ खर्ब हाराहारीको सिलिङ



सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक गर्दैछ । संविधानमा राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि त्यसैका आधारमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने उल्लेख भएपनि यसपालीको बजेट अध्यादेश मार्फत प्रस्तुत हुन लागेको हो । 

आज अपरान्ह ४ बजे बजेट प्रस्तुत हुनु भनदा अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश जारी गर्ने श्रोतले बतायो । अध्यादेश जारी भए लगत्तै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक बताईएको छ ।  सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब हाराहारीको सिलिङ तयार गरेको छ ।

राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिसका लागि अहिले ११ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।

 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ८ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।