Logo

राजनीति

बयलगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जाग्‍यो : बाबुराम 



जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बयगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जागेको टिप्पणी गरेका छन् । १४ औं गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीले इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

गणतन्त्र स्थापना गर्ने क्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलहरुको गणतन्त्र पक्षको आन्दोलनलाई बयगाडा चढेर अमेरिका पुगेजस्तै भएको भन्दै टिप्पणी गरेका थिए । 

उनले गणतन्त्रप्रति नै अनास्था जगाउनेहरुलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्, “नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! गणतन्त्रविरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं !”

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ११ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।