Logo

प्रभु सेलेक्ट फन्डको आइपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ? 



शुक्रबार जेठ १४ गते प्रभु सेलेक्ट फन्डको आइपीओ बाँडफाँड भएको छ । 

८२ हजार १५२ जना आवेदकलाई आइपीओ परेको छ । एक सय युनीटदेखि १० लाख यूनीटसम्म आवेदन दिएकाले आवेदनअनुसार प्रभु सेलेक्ट फन्डको कित्ता पाएका छन् । 

प्रभु क्यापिटलले जेठ ५ गते, बुधबारदेखि प्रभु सेलेक्ट फन्ड नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले एक अर्ब रुपैयाँको १० करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख वा बिक्री भएको इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंकका लागि १४ प्रतिशत छुट्याइएको थियो । प्रभु क्यापिटलले एक प्रतिशत इकाई राखेर बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको थियो ।

प्रभु सेलेक्ट फन्डको आइपीको नतिजा तलको लिंकबाट हेर्न सकिन्छ:

https://iporesult.prabhucapital.com

https://iporesult.cdsc.com.np/

 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ११ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।