Logo

तनहुँमा पहिरोमा परि एक जनाको मृत्यु



तनहुँ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका वडा नं.१ निर्मलनगरको छाब्दीखोला दोभानमा पहिरोमा परेर एक महिलाको ज्यान गएको छ ।

तनहूँ प्रहरीका अनुसार घर पछाडिबाट खसेको पहिरोले काठको बलो खसेर पुर्दा घाइते ६३ वर्षकी सरस्वती घर्तीको ज्यान गएको हो।

उनलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा ज्यान गएपछि घर फर्काइएको वडाध्यक्ष खरसिङ दरैले जानकारी दिए ।

घर पूर्णरुपमा भत्किए पनि अन्य मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

घरका अन्य सदस्य र वृद्धा फरक-फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएको डिएसपी तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : ३२ बजे