Logo

ट्रक र ट्यांकर ठोकिँदा पृथ्वी राजमार्ग अवरुद्ध



दमौली । व्यास १२ कमलाबारीमा ट्रक र ट्यांकर ठोकिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

डुम्रेबाट दमौली आइरहेका ग्यास ट्यांकर र ट्रक ठोकिँदा राजमार्ग अवरुद्ध भएको हो । करिब साढे ९ बजे अवरुद्ध राजमार्ग खुलाउन प्रहरीलाई आदेश दिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

बुलेटको ब्रेक फेल भएर भएको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : ५९ बजे