Logo

प्रधानमन्त्री ओलीको सचिवालयका तीन जना सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि



प्रधानमन्त्री केपी शर्मा ओलीको निजी  सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्राईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

थापा,  रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् ।  यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा। दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ५ : ३४ बजे