विसं २००८ माघ २१ गते नेपालको पहिलो वार्षिक बजेट प्रस्तुत भएको थियो । २००८ सालको प्रजातान्त्रिक व्यवस्थाको शुरुवातसँगै बजेट सार्वजनिक गरिने व्यवस्था पनि सुरु भएको थियो ।
नेपालको पहिलो बजेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो ।
६८ वर्ष पहिला २००८ सालमा भएको पहिलो बजेट भाषणमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व सङ्कलको लक्ष्य ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।
२००७ सालको कूल आम्दानी दुई करोड ९० लाख ८१ हजार रुपैयाँ र खर्च दुई करोड छयालिस लाख सत्ताइस हजार रुपैयाँ र बचत ४३ लाख ९४ हजार रहेको थियो । गत सालको सशक्त आन्दोलन र गडबडीले गर्दा के–कति बचत दाखिला हुनसक्यो, यकिन भने हुनसकेको छैन । तर,एकाउन्टेन्ट जनरलद्वारा हिसाब खडा गराउने कोसिस भइरहेछ । २००८ को सामान्य आम्दानी तीन करोड पाँच लाख १६ हजार रुपैयाँ आर्जन गरिएको हुनाले पोहोरको भन्दा चौध लाख पैँतिस हजार रुपैयाँ बढी आम्दानी भएको थियो ।
२००८ सालदेखि २०१२ सालसम्मका बजेट शान्ति सुरक्षा कायम राख्न, राजस्व संकलन र दैनिक प्रशासन सञ्चालनमा केन्द्रीत रहेको थियो ।
प्रतिक्रिया