सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथाम र प्रभावितहरुका लागि विभिन्न राहत कार्यक्रमहरुको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सिंहदरबारमा बजेट सार्वजनिक गर्दै विभिन्न राहत कार्यक्रमहरुको घोषणा गरेका हुन् ।
अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ३७ अर्ब ५५ करोड रकम विनियोजन गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराएका छन् । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ ।
कोरोनाका लागि महामारी नियन्त्रणका र उपचारका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्न र सामग्री खरिदमा ८५ प्रतिशत छुट दिने उनले बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किटलगायतका आवश्यक उपकरण खरिद गर्न ४ विनियोजन गरेको छ ।
यस्ता छन् छुट र सहुलियत कार्यक्रम:
– २० हजार लिटर खानेपानीको महशुल छुट
– सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट
– खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट
– निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महशुलमा छुट
– होटलाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा
– होटलले आइसोलेस सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने
– कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
– विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण
– सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने
– व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने
– सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट
– पुर्नकर्जा अझै विस्तार हुने
– सहुलियत कर्जा पनि निरन्तर हुने
– सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज
– एक अर्बको च्यालेञ्ज फण्ड
प्रतिक्रिया