Logo

अयोध्यापुरीमा राम मन्दिर बनाइने



काठमाण्डौं । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । तर राम मन्दिर बनाउन कति रकम विनियोजन गरियो भन्‍ने उनले खुलाएका छैनन् ।

पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरिएको उनले जानकारी दिए । सरकारले संस्कृतिको संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्माण गर्ने नीति पनि लिएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ६ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।