Logo

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दीप प्रज्वलन



अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दीप प्रज्वलन गरिएको छ । जीपी कोइराला अध्ययन केन्द्रका महासचिव निरन्जन थापाको संयोजनमा गरिएको कार्यक्रममा काँग्रेस नेता नविन्द्रराज जोशीले डा केसी नेपाली जनताको मागलाई लिएर सत्याग्रहमा बसेको भन्दै उनको माग सम्बोधनका निम्ति सरकारलाई दबाब दिन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

डाक्टर केसी दूरदराजमा अस्पताल खोल्नुपर्छ भनेर सत्याग्रहमा बसेको तर सरकार भ्युटावर बनाउनमा मस्त रहेको उनले आरोप लगाए । कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा केदार नरसिंह केसीले सरकारलाई डा केसीको माग सम्बोधन गराउनका निम्ति चौतर्फी घेराबन्दी आवश्यक रहेको बताए ।

यसैगरी कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा अञ्जनीकुमार झा ,नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजाल, अध्यक्ष रामप्रसाद अधिकारी एनआरडिए टिचिङ अस्पतालका अध्यक्ष डा सुवास देवकोटा नेवि संघ शिक्षण अस्पतालका सचिव सुमित बोहरा सहित प्राध्यापक, डाक्टर, इञ्जिनियर युवा विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ११ : १६ बजे