Logo

राजनीति

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?



सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । 

यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ । 

“हामीले टुँडिखेलमै कार्यक्रम आयोजन गर्ने तयारी गरेका थियौँ तर निरन्तर पानी परेपछि स्थान परिवर्तन गर्नुपरेको हो,” गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०७:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।