Logo

कसरी कुरुप बनाउँछ कमसल सौन्दर्य प्रशाधनले ?



आफ्नो छालाको सुन्दरताको लागि हामी फरकफरक तरिकाको सौन्दर्य सामग्री प्रयोग गर्ने गर्छौं । सुन्दर हुन होस् या त प्रकृतिको अनुकुल हुनको लागि नै किन नहोस् बजारमा आएका जस्ता सुकै सौन्दर्य सामग्री पनि हामी आँखा चिम्लिएर किन्ने गर्छौं । तर हामीले कहिलै सोच्ने गरेका छौं, के हामीले किनेको सौन्दर्य सामग्री नक्कली त छैन रु

ग्राहकले कुनै पनि सोधपुछ नगर्दा बजारमा धेरै नक्कली सौन्दर्यका सामान समेत आउने गरेको छ । त्यसैले यस्ता सामान खरिद गर्नुपूर्व नक्कली हो या सक्कली भनेर पहिचान नगरी सामग्री खरिद गर्दा यसले गम्भीर समस्या निम्त्याउने सम्भावना पनि उत्तिकै हुने गर्छ ।

धेरैलाई लाग्न सक्छ सामान सक्कली भए पनि नक्कली भए पनि के नै फरक पर्ने हो र रु तर छाला विशेषज्ञहरू नक्कली सौन्दर्य सामग्रीका कारण छालामा नै विभिन्न दीर्घकालीन समस्या निम्तिन सक्ने भएकोले त्यस्ता सामग्री खरिदमा हेलचेक्रयाइँ नगर्न सुझाव दिन्छन् ।

संक्रमणको जोखिम

सौन्दर्य विशेषज्ञहरूका अनुसार नक्कली सौन्दर्य प्रशाधन धेरै सस्तो हुन्छ । त्यसका कारण यसको नियमित प्रयोगले अनुहारमा भारी समस्या निम्तिन सक्छ । यसबाट त्वचाको संक्रमण र एलर्जी हुने खतरा समेत बढ्ने गर्छ । संक्रमण या एलर्जी हुने कारणले छालामा विभिन्न समस्याहरू निम्तिने गर्छ । विशेषज्ञका अनुसार यी सबै समस्या नक्कली कस्मेटिकबाट हुन सक्ने भएकोले त्यस्ता कस्मेटिक प्रयोग गर्नु हुन्न ।

ओठमा नोक्सानी

नक्कली सौन्दर्य सामग्री प्रयोग गर्नेहरूलाई केवल एलर्जीको समस्या मात्रै हुँदैन । त्यस्ता मान्छेको ओठमा समेत समस्या आउन सक्छ । अचम्मको कुरा त यो हो कि नक्कली उत्पादन ओठमा वा छालामा प¥यो भने त्यसले पनि समस्या निम्त्याउन सक्छ । यदि समयमा नै यसको समाधान खोजिएन या त्यस्ता उत्पादनलाई बहिस्कार गरिएन भने समस्या झनै बढ्दै जाने गर्छ ।

आँखामा असर

आँखा मान्छेको लागि एकदमै संवेदनशील अंग हो । आँखाको आसपास कुनै पनि नक्कली प्रशाधन लगाउनुले आँखामा संक्रमण हुन सक्छ । नक्कली गाजल जस्ता सौन्दर्य सामानले आइ इन्फेक्सनको खतरा समेत बढ्ने गर्छ । विशेषज्ञहरू आँखामा लगाउने सौन्दर्यका सामानहरू अरू कसैलाई पनि प्रयोग गर्न दिनु हुँदैन ।

यसमा हुन सक्छ हानिकारक तत्व

नक्कली कस्मेटिकका सामानमा यस्ता तत्वहरूको प्रयोग गरिएको हुन्छ, ती तत्वहरू या त बर्जित हुन्छ । या त अधिक प्रयोगका कारणले छालालाई हानि हुन सक्छ । मसलन मर्करी, सिसा, आर्सेनिक साइडनाड र यहाँसम्म कि केही देशमा मान्छेको पिसाव या मुसाको दिशालाई समेत प्रयोग गरेर सौन्दर्यको सामान बनाइन्छ भन्ने भनाइ छ ।

यी सामानमा यतिसम्म विषालु पदार्थ हुन्छ कि छालामा राख्ने बित्तिकै यसले जलन, एलर्जी जस्ता समस्या निम्त्याउने गर्छ । यसका साथसाथी अन्य समस्याहरू उच्च रक्तचाप, बाँझोपन आदि हुने सम्भावना पनि बढी हुन्छ ।धेरैजसो नक्कली सामान चिन्न गाह्रो हुन्छ । समस्याको कुरा त यो हो कि यस्ता उत्पादन अनलाइनमा भने भटाभट बिक्री हुने गर्छ ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ११ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।