Logo

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई



लिस्वन । युइएफए च्याम्पियन्स लिगको उपाधी चेल्सीले जितेको छ । आज बिहान सम्पन्न फाइनल खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई १-० गोलले पराजित गर्दै फाइनलको उपाधी हात पारेको हो ।

पोर्टोको स्टेडियो डे ड्रागोमा सम्पन्न खेलमा एक मात्र गोल चेल्सीका काई हाभर्जले गरेका थिए । पहिलो हाफको ४२औं मिनेटमा मेसन माउन्टको पासलाई हाभर्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा भने सिटीको दबदबा निकै बलियो देखियो । तर चेल्सीको रक्षापङ्तीको अगाडि सिटीको केही चल्न सकेन र फाइनल खेल चेल्सीले आफ्नो पक्षमा पार्‍यो ।

यस जीतसँगै चेल्सीको यो नौ वर्ष पछिको दोस्रो उपाधी हो । दुवै इङ्लिस टोली च्याम्पियन्स लिगको फाइनलमा भिड्दा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले भने पराजय भोगेको हो ।

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार  ८ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।