Logo

गण्डकीकाे बजेट अधिवेशन आजबाट, भाेलि प्रिबजेट पेश हुने



गण्डकीकाे बजेट अधिवेशन आज आइतबारबाट सुरु हुँदैछ । प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुन लागेकाे हाे।

गत मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरिसकेका छन्।

अधिवेशन पोखरा सभागृहमा हुने भएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार तथा कानुनमन्त्री रामशरण बस्नेतका अनुसार अधिवेशनको दोस्रो दिन अर्थात साेमबार संसद बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिनेछ।  

गण्डकी सरकारले बजेटका सिद्धान्त र प्राथमिकताका बिषयमा छलफल गरिसकेपछि मात्रै विश्वासको मत लिने मन्त्री बस्नेतले जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले गत बैशाख २९ गते पुनः मुख्यमन्त्रीको सपथ लिएका पृथ्वीसुब्बा गुरुङले १ महिनाभित्रै विश्वासको मत लिनुपर्छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।