Logo

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित , चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोलले पराजित



इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५०औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६६औं मिनेटमा कुर्टले गोल गर्दा चेल्सीको अग्रता दोब्बर बनाए ।

जोर्गिन्होले ७८औँ र ८२औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट दुई गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए । जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।  क्रिस्टलको भने ४ खेलमा ६ अंक जोड्दै आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ७ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।