Logo

आज यी चार प्रदेशमा पानी पर्ने, प्रदेश १ र बागमतीका केही क्षेत्रमा ठूलाे वर्षाकाे सम्भावना



चक्रवातकाे असर सकिएसँगै नेपालमा माैसममा सुधार आएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको  सामान्य प्रभाव छ।

साेमबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा को सम्भावना छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा ठूलाे पानी पर्नेछ।

महाशाखाका अनुसार मंगलबार देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। 

बुधबार थोरै  स्थानमा पानी पर्ने आँकलन गरिएकाे छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।