Logo

यी हुन् सजाय मिनाहा पाएका ४ सय ३० कैदी



गृह मन्त्रालयले गणतन्त्र दिवसका अवसरमा कैद माफी पाएका ४३० जनामा नाम सार्वजनिक गरेको छ। गणतन्त्र दिवस अर्थात जेठ १५ गतेदेखि लागू हुने गरी कैद माफी पाएकाहरुको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएकी थिइन्। कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद मुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा काराकार प्रमुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो।

कैद मिनाहा पाएकाकाे सूची हेर्न यहाँ क्लिक गर्नुस्

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०६:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।