Logo

एचआइडीसीएलले हकप्रद निष्काशनकोलागि तोक्यो बुक क्लोज मिति 



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले हकप्रद प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको हो ।

त्यस अनुसार जेठ २७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछन् ।

कम्पनीले १ बराबर १ अनुपातमा प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गरिएको छैन् ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १२:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।