Logo

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु



राँझा : बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । 

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका-४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका-१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ । 
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका-७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका-७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताएका छन् । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।