प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलास गठनपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलमा जुटेका छन् । संसद् विघटनका मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा रहेका दुईजना न्यायाधीशको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले बारका अध्यक्ष शाक्यसँग छलफल गरिरहेका छन् ।
प्रधानन्यायाधीश राणाले मंगलबारको इजलासमा पनि विवादित दुईजना न्यायाधीशरु बमकुरमा श्रेष्ठ र तेजबहादुर केसीलाई नै निरन्तरता दिएका छन् । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र शाक्यबीच छलफल भइरहेको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडि हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो ।
तर, विवादमा परेका न्यायाधीशहरुले भने कुनै पनि हालतमा बेन्च नछाड्ने अडान राखेका छन् ।
प्रतिक्रिया