मकवानपुर : आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा थाहा नगरपालिका- ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजुले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया