बागलुङ : ढोरपाटन नगरपालिका-४ भागी बस्ने ३८ वर्षीय डम्बर बहादुर पुनलाई १ थान भरुवा बन्दुक, करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश तथा करिब ४ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो र सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर पुनलाई करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको घर तालासी गर्दा उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया