Logo

लायन्सक्लबलाई आधुनिक र जनतामैत्री बनाउने प्रमख उद्देश्य भएको खगेन्द्र सिटौलाको दाबी 



काठमाडौं – जेठ २२ गते हुन गइरहेको लायन्स क्लबको भर्चुअल मल्टिपल डिष्ट्रिक ३२५ को कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सिका प्रत्यासी खगेन्द्र सिटौलाको जित  सुनिश्चित बन्दै गइरहेको छ ।खगेन्द्रको लोकप्रियताको कदर गर्दै सबैजसो मतदाताले मतदान गर्ने जनाएपछि उनी भने ढुक्क भएका छन् ।

सिटौला नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा लायन्सक्लब मार्फत लामो योगदान पुर्याउने व्यक्तिमध्येका एक हुन् । उनको स्वभाव, लगनशीलता र असल संस्कारलाई मतदाताले पनि पत्याएका छन् । नेतृत्वमा उनीजस्तो मान्छे आउनुपर्छ भनेर आवाज उठिरहँदा सिटौला आशावादी बनेका छन् । समाजमा परेको अप्ठयारो साह्रो गाह्रो, दैवी प्रकोप, स्वास्थ संकटजस्ता विषम परिस्थितिमा मन बचन र कर्मले  समर्पित हुने तिनै व्यक्तिको नाम हो खगेन्द्र सिटौला ।

जित सुनिश्चित बन्दै जाँदा खगेन्द्र सिटौला जिताउ अभियान÷चुनावका संयोजक अनन्त प्रसाद भेटुवालले खगेन्द्र सिटौलाको जित नै समग्र नेपाली लायन्सहरुको जित हुने बताएका छन् । उनले सबै लायन्सको भावनाको कदर गर्दै आगामी दिनमा कदम चाल्ने प्रष्ट पारिसकेका छन् । लायन्सक्लबलाई थप आधुनिक र जनतामैत्री बनाउने उनको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।