सुनिलस्मृति गाउँपालिका-२ खुङग्रीस्थित सडकबाट करिब ८ किलो ३ सय ग्राम अवैध लागूऔषध अफिम सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुकुम भूमे गाउँपालिका-४ बस्ने ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँ बस्ने ३० वर्षीया निसा पुन, दाङ हारपुरका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका-९ चिसापानी बस्ने ३३ वर्षीय मोतिलाल परियार र दाङ घोराही उपमहानगरपालिका-४ राप्ती टोल बस्ने रोल्पा सुनछहारी गाउँपालिका-१ सेराम घर भएका ३५ वर्षीय याम बहादुर घर्ती मगर रहेका छ्न् ।
सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा.१५ च ३७७६ नम्बरको स्कारपियो गाडीमा ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी स्कारपियो चालक याम बहादुर सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया