डिजिटल युगसँगै डिजिटल रुपमा अनलाईनमार्फत ‘बिगो डान्स च्याम्प–२०२०’ प्रतियोगिता हुने भएको छ । किङ ग्रुपको आयोजनामा असोज २० गते (अक्टोबर ६ तारिक) देखि राष्ट्रव्यापी अनलाइन बिगो डान्स च्याम्प हुन लागेको हो । कोरोनाको प्रभावलाई मध्यनजर गर्दै कोरोना कहरकैबीचमा पनि अनलाइनमार्फत बिगो डान्स च्याम्प प्रतियोगिहरुलाई पुनर्ताजगी गर्नुका साथै मानसिक र सारीरिक रुपमा स्फूर्त रहन प्रेरित गर्ने किङ ग्रुपको विस्वास रहेको छ ।
किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको नेपालीहरुको महान पर्व वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।
बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल नम्वर ९८४१३११५१० मा सम्पर्क गरिसक्नु पर्नेछ । विश्वका कुनै पनि गीत, संगीतमा प्रस्तुती दिन सकिने र विश्वका सबै देशबाट सहभागि हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई ३ चरणमा विभाजन गरिएको छ । असोज २१ (अक्टोबर ७ तारिक) गतेदेखि अडिसन राउण्ड सुरु हुनेछ । अडिसन राउण्डबाट सेमिफाइनलका लागि २१ जना छनोट हुनेछन् । सो पश्चात फाइनलका लागि १० प्रतियोगि छनोट गरि कात्तिक ५ (अक्टोबर २१ तारिक) गतेसम्म ग्राण्ड फिनाले हुने जनाइएको छ ।
प्रतियोगितालाई नेपाल समय अनुसार दिउसो ३ देखि ५ बजेसम्म विगो मार्फत लाईभ प्रशारण गरिनेछ । विजयी प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी प्रदान गरिनुको साथै उत्कृष्ट १ जनालाई बिग ब्यानर फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
वरिष्ट कोरियोग्राफर महेश गोदार, चलचित्र निर्देशक मुस्कान ढकाल र मोडल तथा नृत्य निर्देशक बिनु शाक्य प्रतियोगिताको निर्णायक भुमिकामा रहेका छन् भने इन्टरट्रेनरमा सुलेमान शंकर ‘इकु’ छन् भने कार्यक्रमलाई सिमोन न्यौपानेले सञ्चालन गर्दैछन् ।
कोरोना कहरको समयमा पनि नृत्य कलामा रुची तथा क्षमता भएका व्यक्तिहरुको हौशला एवं अवसरका लागि बिगो डान्स च्याम्प–२०२० को आयोजना गर्न लागिएको आयोजक संस्था किङ ग्रुपले जनाएको छ । साथै देशको कुनैपनि स्थानमा रहेका तोकेको स्थानमा स्वयम आफु उपस्थित हुन नसक्ने तर इच्छा, चाहाना र क्षमता भएका व्यक्तिहरुलाई अनलाइन मार्फत समेटेर यो कार्यक्रमले निकै नै लाभान्वित बनाउने ग्रुपको विस्वास रहेको छ ।
प्रतिक्रिया