बिहीबार प्रदेश १ लगायत मुलुकका पहाडी भूभागमा वर्षाकाे सम्भावना छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण माैसममा बदली छ।
बिहीबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार शुक्रबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहनेछ। यसैगरी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। शनिबार राति प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।















प्रतिक्रिया