काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखारामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवन तथा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि Lost & FoundVehicleRecord System सफ्टवेयरकोएक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज उद्घातटनगर्नु भएको हो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले विशेष परिस्थितीमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेकाट्राफिक प्रहरीको उच्च प्रशंसा गर्नुहुदै आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई वहन गर्न आग्रह गर्नुभयो । उहाँले ट्राफिक प्रहरी नेपाल सरकारको आईकन भएकोले आफ्नो कमिकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडी शिर नझुकाई निश्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन दिनुभयो । सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुदाँ २४ सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोवल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरियता र प्रभावकारीता हुनेविश्वास लिनुभयो ।
सोही कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्नुहुदै तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरश: पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्दता गर्नुभयो । उक्त भवन रु. १३ लाख ५१ हजार ८०९ मा सम्पन्न भएको हो ।
हराएको सवारी साधनको निवेदन र सिफारिसपनि अनलाईनबाटै दिने व्यवस्था
ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई समेत मध्येनजर गर्दैप्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात आजैबाटमहाशाखाले गरेको छ ।
महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागिLost & Found Vehicle Management System सफ्टवेयरसञ्चालनमा ल्याएको बताए ।अनलाईन सेवा सुरु भएसँगै निवेदनर सिफारिसको लागिट्राफिक कार्यालय धाउनुपर्नेदिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिनसकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने वताए ।
यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Vehicle Application)मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछ र सेवाग्राहीले अनलाइनबाटैसवारी साधन फेला परे नपरेको थाहा पाउनचेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।
यस अघि लाईसेन्स, बिल बुक र पर्मिट हराएको निबेदन र सिफारिस लिनट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको थियो । असोज ५ गतेदेखि शुरु भएको lost Document Application अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले अनलाईबाटै सेवा प्राप्त गरेका छन ।
प्रतिक्रिया