पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी नियन्त्रणका लागि सबैको संकल्प आवश्यक पर्ने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले बिहीबार एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, “कोरोना महामारी फैलिइरहेका बेला यसलाई नियन्त्रण गर्न हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्दछ ।”
कोरोना संक्रमणमुक्त भएर निवासमा स्वास्थ्यलाभ गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले पत्नी कोमललाई छेउमै राखेर आफूहरु पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जनाएका छन् । उनले थप भनेका छन्, “देशभित्र र बाहिरको कोरोना महामारीको अवस्थाप्रति चिन्तित छौं ।”
महामारीको प्रक्रिया जारी रहेको र यसलाई नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि उनले धन्यवाद दिएका छन् ।
शाहले आफूहरूको स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिने देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार प्रकट पनि गरेका छन् । उनले कोरोना महामारीमा दिनरात आफ्नो दायित्वमा रही मानवीय कार्य गर्ने, अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूलाई धन्यवाद पनि दिएका छन् ।
उनले कोरोना संक्रमणबाट जीवन गुमाउहरुप्रति चिर शान्तिको कामना गर्दै संक्रमणको उपचारमा रहेका सबैलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
पूर्वराजा शाहले गद्दी छाडेपछि केही टेलिभिजनमा अन्तर्वार्ता दिए पनि यसरी भिडियो सन्देश जारी गरेको सम्भवतः यो पहिलो हो ।
भिडियो :





















प्रतिक्रिया