Logo

कुटपिटबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा 



काठमाडौं : गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सोही नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको छ । 

गोकर्णेश्वबर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।