Logo

तेलुगु चलचित्रबाट डेब्यु गर्दै श्रीदेवीकी छोरी खुसी



एजेन्सी । अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुरले अभिनयमा डेब्यु गर्ने भएकी छन् । खुसीले तेलुगु चलचित्रबाट अभिनय यात्रा सुरु गर्न लागेकी हुन् ।

निर्माता दिल राजुको तेलुगु चलचित्रबाट खुसी अभिनयमा डेब्यु गर्दैछिन् । खुसीले अभिनयमा देखाएको इच्छाकै कारण दिलले उनलाई चलचित्रमा लिन लागेका हुन् । दिल राजुको खुसीको बुबा बोनीसँग राम्रो सम्बन्ध भएको कारण पनि खुसीलाई डेब्यु गराउन लागेको भारतीय सञ्चार माध्यमको दाबी छ ।

उनले आमाको जस्तै अभिनय गर्ने निर्माण पक्षको अपेक्षा छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।