Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार समय सकिएपछि ९ करोड माथिको कारोबार 



साताको पहिलो कारोबार दिन आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ७१ अंकले बढेर १५८५ दशमलव ७५ विन्दूमा रोकिएको छ । 
दिनभर कारोबारमा आएका १९३ कम्पनीको ९९ लाख २७ हजार ४२६ कित्ता सेयर ४३ हजार ९० पटकको कारोबार हुँदा ३ अर्ब ४ करोड ४१ लाख ३२ हजार ५ सय ६१ रुपैयाँ बराबरको किचबेच भएको छ । 

यो दिन  १२ समूहको उपसूचकमा हाइड्रोपावर र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेको छ ।
आज पुरानो वेवसाइटमा नियमित समय तालिका अनुसार नेप्से क्लोज भएको देखाएपनि नयाँ वेवसाइटमा भने कारोबार खुला देखाइरहेको थियो । यसो हुँदा पुरानो वेवसाइटमा कारोबार रकम २ अर्ब ९४ करोड ८३ लाख ६४ हजार २९२ रुपैयाँको कारोबार रकममा बन्द भएको थियो भने यता नयाँ वेवसाइट लगभग ३ः१५ मा बन्द हुँदा ३ अर्ब बढीको कारोबार भएको देखिएको छ । पछि  कारोबार रकम पुरानो वेवसाइटमा पनि समायोजन हुन आएको हो ।  
पुरानो वेवसाइट बन्द भएपछि देखाएको कारोबारमा ९ करोड ५७ लाख ६८ हजार २६९ बराबरको तलमाथि भएको छ । 
 

 

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ३ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।