Logo

भेटिएनन् पन्ध्र दिनदेखि हराएका बालक 



राजविराज : विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् ।

हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा  रिसाएर उनी घरबाट निस्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ । हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताएका छन् । 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १४:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।