Logo

११ वर्षीया बालिका बलात्कार आरोपमा ३२ वर्षीय पुरुष पक्राउ



बर्दिया । बर्दियामा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका बस्ने सौतेलो बुबा नाता पर्ने ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १६:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।