वैदेशिक रोजगार कार्यालयले भौतिक रुपमा उपस्थित भई प्रत्येक हप्ताको चौथो दिन बुधबार एकदिन श्रम स्विकृति दिने जनाएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले एक विज्ञप्ती जारी गर्दै जेठ २६ गतेदेखि सेवा सुरु गर्ने जनाएको हो ।
वैदेशिक रोजगार कार्यालयले कोभिड–१९ संक्रमणको ब्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै २०७७ बैशाख २४ गते देखि भौतिक रुपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरेको थियो ।
प्रतिक्रिया