प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन पत्राचार गरेका छन् ।
बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचको सम्बन्ध स्मरण गराउँदै नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी रहेको उनले बताएका छन् ।
बेलायती सेनाको लागी गोर्खा बटालियनले दिएको त्यागलाई स्मरण गराउँदै बेलायतको सहयोगमा नेपाल पहिलो प्राथमिकता हुनु पर्ने जिकिर गरेका छन् ।
‘म बेलायत सरकार खासगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समस्याबारे आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गरेका छन् ।
प्रधानन्त्रीले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले खोपका लागि सिधै आग्रह गरिएको बताए । ‘गोर्खा सैनिकहरुले उनीहरुको जीवनलाई नै खतरामा राखेर धेरै वर्षदेखि बेलायतमा काम गरिरहेका छन्,’ ओलीको भनाइ छ, ‘बेलायतमा काम गरिरहेका धेरै गोर्खा सैनिकका परिवार नेपालमा छन्, त्यसैले दुई मुलुकको बीचमा बलियो कनेक्सन छ ।’





















प्रतिक्रिया