Logo

बार्सिलोना र सेभियासँग १-१ गोलको बराबरी



स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेभियासँग बराबरी राेकिएकाे छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलमा दुवै टोलीले पहिलो हाफको सुरुवाती १० मिनेटमा दुई गोल गरेका थिए । खेलको आठौं मिनेटमा लुका डी योङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि बार्सिलोनाका लागि फिलिपे कौटिन्होले बराबरी गोल फर्काए ।

बराबरीसँगै बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ । समान खेल खेलेको सेभियाको पनि ७ अंक छ ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ८ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।