अर्को दिन अर्को रेकर्ड । अहिले शेयर बजारले दिनाँहुदिन नयाँ नयाँ किर्तीमानी कायम गरिरहेको छ ।
कहिले कारोबार रकमले उत्साहीत बनाइरहेको छ भने कहिले परिसूचकले आश्चर्य बनाइरहेको छ । यस्तै आइतबार पनि धितोपत्रको दोस्रो बजार २९ सय भन्दा माथिको अल टाईम हाईमा बन्द भएको छ ।
आाइतबार शेयर बजार परिसूचक नेप्से ५०.१४ अंकले बढेर २९०६.९१ अंकको अल टाईम हाई विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु साढे १ प्रतिशत भन्दा धेरैले बढेर बन्द भएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १.५४ प्रतिशतले बढेर ५२१.०० अंकको विन्दुमा बन्द भएको छ ।
आइतबार दुई सय १८ कम्पनीको एक लाख ७१ हजार ०६० पटकको कारोबारमा तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयरको खरिदविक्री हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
आइतबार निफ्राको सर्वाधिक १० हजार ३८१ पटकको कारोबारमा १४ लाख ७८ हजार ८८५ कित्ता शेयरको खरिदविक्री भएको छ । कारोबार रकमका आधारमा भने नेपाल पुनर्बीमा कम्पनीकोमात्र १ अर्ब २१ करोड १४ लाख ५६ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा निफ्राको ८३ करोड ९० लाख ४४ हजार ०६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ५ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै राधि जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक ८.५६ प्रतिशतले गुमाएका छन्।
दोहोरो अंकले बढेको बजारमा समूहगत परिसूचक भने मिश्रित देखिएका छन् । ६ समूहको परिसूचक घट्दा ७ समूहको परिसूचक बढेको छ । लगानी समूहको परिसूचक ३.९७ प्रतिशतले बढ्दा, बैंकिङ समूहको परिसूचक ३.६६ प्रतिशतले बढेको छ । अन्य समूहको परिसूचक पनि ३.०३ प्रतिशतले उकालो लागेको छ । घटेर बन्द हुनेमा जलविद्युत समूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशतले घटेको छ ।
१.७६ प्रतिशतले बढेको बजारमा ७५ कम्पनीको शेयर मूल्य बढ्दा एक सय २ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ४ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।















प्रतिक्रिया