Logo

पत्रकारलाई चाँडो खोप व्यवस्था गरिने



नेपाल पत्रकार महासङ्घले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल  उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।

महासङ्घको टोलीले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी  नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह गरेकाे हाे।

सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो  व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।  महासङ्घ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईँको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो। 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।