Logo

समाचार

इंग्ल्यान्डका बलर ओली रोबिनसन डेब्यु खेलपछि निलम्बित 



इंग्ल्यान्डका बलर ओली रोबिनसनलाई अन्तराष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको छ ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार उनलाई निलम्बन गरेको हो ।

सामाजिक संजाल ट्वीटरमा आपत्तिजनक ट्वीटहरु पोस्ट गरेको विषयमा अनुसन्धान गर्न रोबिनसनलाई निलम्बन गरिएको हो ।

रोबिनसनलाई सन् २०१२ देखि १३ को समयमा गरिएको ट्वीटको कारण निलम्बन गरिएको हो ।

उक्त ट्वीटमा रंगभेदीय दुर्व्यवहार हुने र यौनिक ट्वीटहरु रहेको बताईएको छ ।

२७ वर्षीय बलरले बुधबार न्युजिल्याण्डविरुद्धको खेलबाट टेस्ट टिममा डेब्यु गरेका थिए । अब रोबिनसनले दोस्रो टेस्ट गुमाउने छन् । उनी टिमबाट निस्किसकेको समेत बताईएको छ ।

1646.jpg

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।