Logo

 दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीका म्यानेजर पक्राउ



सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै पसल खोलेको आरोपमा प्रहरीले भाटभटेनीका म्यानेजरलाई पक्राउ गरेको छ । सरकारले दिउँसो समयमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ९ बजेसम्म मात्रै पसल खोल्‍न अनुमति दिएको हो । 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १५:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।