Logo

पावर टेलरमा च्यापिएर मृत्यु  



बर्दिया : बारबर्दिया नगरपालिका-१० लम्की फाँटास्थित खेतमा पावर टेलर पल्टिँदा च्यापियर सोही नगरपालिका बस्ने प्रेम चौधरीको ५ वर्षीय छोरा सक्षेंम चौधरीको आइतबार बेलुका मृत्यु भएको छ । 

उक्त खेतमा सोही नगरपालिका-११ बेलभार बस्ने २० वर्षीय सकेट चौधरीले पावार टेलर सिक्ने क्रममा टेलर पल्टिएर च्यापिँदा टेलरमा बसेका सक्षेंमको मृत्यु भएको हो । 

चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।