Logo

समाचार

भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु



भारतमा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाकाे ज्यान गएकाे छ। महाराष्ट्र राज्यको पूणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

साेमबार साँझ आगलागी भएकाे हाे। तर आगलागीमा कयाैं मजदुर हताहती भएकाे आँकलन गरिएकाे छ। 

हराएका मजदुरको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागले जनाएकाे छ।आगलागीको कारण अझै थाहा हुन सकेको छैन।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख र घाइतेलाई ४० हजार सहयोगको घोषणा गरेका छन्।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।