चीनले बालबालिकामा काेराेना खाेप लगाउन आपतकालीन अनुमति दिएकाे छ। चिनियाँ कम्पनी सिनोभ्याक्सद्वारा निर्मित काेराेनाकाे खाेप ‘रोधी’ तीनदेखि १७ वर्ष उमेरका बालबालिकामा आपतकालीन प्रयाेग गर्न अनुमति दिइएकाे हाे।
सिनोभ्याक्सका अध्यक्ष यीन वेईदोन्गले यसकाे पुष्टि गरेका छन्।
चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले उल्लेख गरे अनुसार सिनोभ्याक्सले याे खापकाे क्लीनिकल अध्ययनकाे पहिलाे र दाेस्राे चरण पूरा गरिसकेकाे छ। उक्त उमेरका सयाैं बालबालिकामा खाेपकाे प्रयाेग गरिएकाे छ।
प्रयाेगबाट सावित भएकाे छ कि याे खाेप सुरक्षित र प्रभावी छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत जुनमा राेधी खाेपलाई अनुमति दिएकाे थियाे। एजेन्सी















प्रतिक्रिया