मंगलबार जेठ २५ गते नेपाल धितोपत्र बोर्डले २९ औँ बार्षिकोत्सव आयोजना गरेको छ । कोभिड महामारीका कारण कार्यक्रम वेबिनार मार्फत गरिने भएको छ । बेर्डले सूचना प्रकाशित गर्दै जुम लिंकमा सबै सरोकारवालाहरु लाई निमन्त्रणा पठाएको छ ।
बोर्डको २९ औं वार्षिकोत्सव समारोह कार्यक्रम मिति २०७८/०२/२५ गतेका दिन बिहान १०.३० देखि शुरु गर्ने भनिएकोमा विशेष कारणवश उक्त कार्यक्रम बिहान ११.३० देखि मात्र संचालन हुने नेपाल धितोपत्र बोर्डले बताएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल कार्यक्रमको प्रमुख अतिथि रहेका छन् ।
कार्यक्रममा तलको लिंकबाट सहभागीता जनाउन सकिने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।















प्रतिक्रिया