भारतको उत्तर प्रदेशमा रहेकाे कानपुरमा मंगलबार राति भयानक दुर्घटना भएकाे छ।
कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तीव्र गतिमा कुदिरहेको बस र लाेडर एकआपसमा ठाेक्किँदा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बस लखनउबाट दिल्ली जाँदै थियाे।
दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन्।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ले मृतकका परिवारजनलाई २-२ लाख रुपैयाँ राहतको घोषणा गरेका छन्।















प्रतिक्रिया