Logo

समाचार

१२ वर्षभन्दा कम उमेरका बालबालिका लागि पनि काेभिड खाेप आउँदै, कुन-कुन कम्पनी छन् याे दाैडमा ?



अब १२ वर्षभन्दा कम उमेरका बालबालिका लागि पनि काेभिड खाेप आउने भएकाे छ। त्यसका लागि फाइजरले क्लिनिकल ट्रायल सुरु गरेकाे छ।

फाइजरले ५ देखि ११  वर्ष उमेरका बालबालिकामा क्लिनिकल ट्रयाल थालिएकाे हाे। यी बालबालिकामा १० माइक्रोग्रामकाे दुई मात्रा दिइएकाे छ। याे मात्रा  किशोर र वयस्कलाई दिइने खाेपकाे खुराककाे एक तिहाइ हाे।

चाँडै नै ६ महिनाभन्दा माथिका बालबालिकामा पनि क्लिनिकल ट्रायल गरिने भएकाे छ। उक्त उमेर समूहका बालबालिकामा तीन माइक्रोग्राम खाेप दिइनेछ।

याे दाैडमा फाइजरसँगै माेडर्ना पनि छ।  उसले पनि १२-१७ वर्ष उमेरका बालबालिकामा खाेप परीक्षण गरिसकेकाे छ। उसले पनि ११ वर्षसम्मका बालबालिकामा पनि ट्रायलकाे अनुमति माग गरेकाे छ। जाेन्सन एन्ड जाेन्सनले पनि यसबारे अध्ययन गरिरहेकाे छ।  चीनकाे सिनाेभ्याकले ३ वर्षमाथिका बालबालिकामा खाेप प्रभावी रहेकाे बताइसककेकाे छ।

अमेरिका र युरोपियन युनियनमा रहेका मुलुकमा १२ वर्षभन्दा बढी उमेरका किशाेरकिशाेरीमा फाइजरकाे खाेप लगाउन यसअघि नै अनुमति दिइसकिएकाे छ। उक्त अनुमति आपतकालीन हाे।

फाइजरले आफ्नाे जर्मन पार्टनर बायोएनटेकसँग मिलेर खाेपकाे विकास गरेकाे थियाे।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ०६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।