Logo

सेयर बजारमा सामान्य गिरावट कारोबार रकम २ अर्ब बढी 



साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट गिरावट आएको छ । आज दिनभर सेयर बजारमा आएका १९३ वटा कम्पनीको ९४ लाख १६ हजार १ सय ५५ कित्ता सेयर विक्रि हुँदा  २ अर्ब ५४ करोड ९३ लाख ५५ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज १२ वटा समूहको उपसूचक मध्य विकाश बैंक समूहको उपसूचक १ दशमलव २४, होटल समूहको ० दशमलव २४, हाइड्रोपावर समूहको २ दशमलव १४, र म्युचुअल फण्ड ० दशमलव ८२ प्रतिशतले बढेको छ भने, बाँकी उपसूचक नकरात्मक रहेका छन् । 

त्यस्तै आजको दिनमा राइर्याङ हाइड्रोपावर र कामना सेवा विकाश बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन, यी दुई कम्पनीको आज सकरात्मक सर्किट लागेर बन्द भएका छन् । 

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ३ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।