Logo

चितवनमा चौथो थपियो निषेधाज्ञा



चितवन । चितवनमा जारी निषेधाज्ञा पुनः एकसाता थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमणको दर घट्दै गए पनि जोखिम अझै कायम रहेको भन्दै असार ३ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

चितवनमा चौथोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार रातिबाट सकिँदैछ । चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १५ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । 

त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गतेदेखि जेठ १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो । तेस्रो चरणमा जेठ १३ देखि २० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो भने चौथो चरणमा जेठ २० गतेदेखि २७ गतेसम्म निषेधाज्ञा थपिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।